आईएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच कारोबार विस्तारको सम्झौता

आईएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच कारोबार विस्तारको सम्झौता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ ।

माघ २७ गते साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबीच सम्झौतामा आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले हस्ताक्षर गरे ।

कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आईएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आईएमई र टिक्मोका उच्च अधिकारीहरूको उपस्थिति थियो । यो सम्झौता कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्य रहेको दुवै पक्षको भनाइ छ ।

यो सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको आईएमईले जनाएको छ । यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको जनाउँदै आईएमईले यसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ। यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वासिलो बनाउने लक्ष्य राखेको छ।

सम्झौता भएसँगै आईएमईले टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ । ‘चैत १७ सम्म सञ्चालन रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीले टिक्मो एप प्रयोग गरेर आईएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर रहेको छ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ।

Logo