काठमाडौँ
निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रम लगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले त्रुटी गर्ने दललाई सच्याउन दुई दिनको समय दिने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले बन्दसूचीका उम्मेदवार मध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन ०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रम लगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजे भित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया