चितवनका उम्मेदवार : चुनावमा हामीले खर्चनै गर्दैनौँ, किन खाता खोल्ने ?

चितवनका उम्मेदवार : चुनावमा हामीले खर्चनै गर्दैनौँ, किन खाता खोल्ने ?

केन्द्रबिन्दु
12
Shares

चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएका उम्मेदवारमध्ये २१ जनाले मात्र बैंक खाता खोल्न सफल भएका छन्। बैंक खाता खोल्न ३९ जनाले सिफारिस लिएका थिए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन्। सबैलाई टेलिफोनमार्फत खाता खोल्न आग्रह गरिएको थियो। केही उम्मेदवारले भने “हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने?” जवाफ दिएका छन् भने केहीले प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।

आयोगले राजनीतिक दल र उम्मेदवारद्वारा हुने निर्वाचन प्रचारप्रसारको आर्थिक सहयोग पारदर्शी र मितव्ययी बनाउन बैंक खाता अनिवार्य गरेको हो।

यसैगरी, जिल्लामा १२ उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाइसकेका छन्। यसमा तीन जना स्वतन्त्र र नौ जना राजनीतिक दलका उम्मेदवार छन्। आयोगले उम्मेदवारलाई फागुन ३ गतेसम्म घोषणापत्र बुझाउन आग्रह गरेको थियो।

Logo