रोल्पा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी निर्वाचनपछी पहिलो शक्ति हुने दावी गरेका छन् । नेकपा राल्पाले लिबाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताले खोजेको नयाँ पार्टी नेकपानै भएको भन्दै नेकपाले उठाएका मुद्दा भन्दा अरु नभएको उल्लेख गरे ।
देश जोगाउन र हाक्न सक्ने तागत नेकपामा मात्र भएको भन्दै उनले विकल्पको विकल्प नेकपानै रहेको जिकिर समेत गरे । उनले भने,“जो हाम्रो पार्टीको विरोध गर्छन्, उनीहरूले विकास र स्थायीत्व रोक्ने काम गरिरहेका छन्।” नेकपाको नेतृत्वमा मात्र देशमा वास्तविक परिवर्तन सम्भव भएको भन्दै उनले लोकतन्त्रको नाममा कमजोर र भ्रष्ट नेताहरूलाई अब जनताले चिनिसकेको दावी गरे ।
वर्षमान पुन ’अनन्त’को जितले रोल्पा–लिबाङको भविष्य सुनिश्चित गर्ने भन्दै उनले मतदान मार्फत जनताको वास्तविक शक्ति देखाउन रोल्पाबासीलाई आग्रह गरे । पार्टीको लोकप्रियता दिनानुदिन बढ्दै गएको भन्दै उनले विकास र सुशासनको यात्रामा जनताको साथ सदैव रहने उल्लेख गरे ।
करिब १५ हजार भन्दा बढिको भेलामा नेता कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, झक्कुप्रसाद सुबेदी, जोखबहादुर महरा र गीता गहतराज लगायतले सम्बोधन गरे ।
नेताहरुले पार्टीलाई आगामी निर्वाचनमा बलियो समर्थन दिन स्थानीय मतदातालाई आग्रह गर्दै रोल्पा–लिबाङमा विकास र सेवा कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहो¥याउए।
स्थानीयले यो सभा २०४६ सालको जनआन्दोलनपछि लिबाङमा भएको सबैभन्दा ठूलो सभा भएको बताएका छन्। टुँडिखेल र बजार क्षेत्रसम्म फैलिएको भीडले मतदानको उत्साह र जनसंपर्क अभियानमा नयाँ उचाइ ल्याएको स्थानियको भनाई छ ।





























प्रतिक्रिया