काठमाडौं
नेपाल रेडक्रस सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको पाइएको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । "/>

समाज कल्याण परिषदसँग स्वीकृति नलिई रेडक्रसद्धारा ५ अर्ब खर्च

समाज कल्याण परिषदसँग स्वीकृति नलिई रेडक्रसद्धारा ५ अर्ब खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल रेडक्रस सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको पाइएको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नवीकरण गरको पाइएको छ । रेडक्रसका यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ ।

यसअघि रेडक्रस माथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो । समाज कल्याण परिषद्को कार्यविधि अनुसार गैरसरकारी संस्थाहरू (एनजिओ) ले विदेशी राष्ट्र, दाता अथवा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक, प्राविधिक तथा अन्य सहयोग लिनु अघि परिषद्बाट अनुमति लिनु पर्ने हुन्छ । यसैगरी गैरसरकारी संस्थाले संस्था नवीकरणका लागि परिषद्बाट सिफारिस लिएर जिल्लाका प्रशासनिक संरचनामा बुझाउनु पर्ने हुन्छ । परिषद्का एक उच्च अधिकारीले नेपाल रेडक्रस सोसाइटीले गत वर्ष कुनै पनि कानुनी प्रावधान पूरा नगरी तीन वर्षका लागि संस्था नवीकरण गराएको जानकारी दिए ।

उनका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले परिषद्को सिफारिस बिना संस्था नवीकरण गर्न नमानेपछि रेडक्रसका अधिकारीले गृहमन्त्री गुहारेका थिए । त्यसैगरी चालू आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ५ अर्ब हाराहारीको ९८ वटा आयोजना सञ्चालन गरिरहेको छ । तर रेडक्रसले कुनै पनि परियोजनाबारे परिषद्लाई जानकारी गराएको छैन । अघिल्ला वर्षमा पनि रेडक्रसले यसरी नै जानकारी नदिई आयोजना सम्पन्न गरेको थियो ।
नागरिकबाट

Logo