काठमाडौं
हिन्दुहरुको विशेष पर्व महाशिवरात्री भोली परेको छ । शिवरात्री मनाउन देश तथा विदेशबाट हजारौँको संख्यामा पशुपति क्षेत्रमा भक्तजन आउने गर्छन् । शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तिर्थालु भक्तजनसँगै बाबाजीहरुको पनि वर्षेनी उत्तिकै घुइँचो लाग्ने गर्छ । शिवरात्रीको बेला बाबाजीहरु नेपालकै मात्र नभई भारत लगायतका मुलुकबाट पनि आउने भएकाले पाशुपत क्षेत्रको माहोललाई निकै रोचक तथा रमाइलो हुने गर्छ ।
यसपालीको शिवरात्रीमा भारत लगायतका मुलुकबाट सयौँको संख्यामा बाबाजीहरु पशुपति आइसकेको र आउने क्रम जारी नै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाबाजीहरु पशुपति भित्रिएसँगै त्यस क्षेत्रमा अहिले देखि नै भीड सुरु हुन थालेको छ । उनीहरुले मनग्य आम्दानी समेत गर्ने गरेका छन् । केहि बाबाजी आगन्तुकसँग पैसा माग्छन् भने कतिपय बाबाजीले आगन्तुकलाई गाँजा लगायतका नशालु पदार्थ खुलमखुल्ला विक्रि पनि गर्ने गरेका छन् ।
अघिल्ला वर्षहरुमा भन्दा यसपटक पशुपति क्षेत्रमा बाबाजीहरुको संख्यामा कमी आएको स्थानीयको अनुमान छ । यसपटक पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा सेवन र विक्रि वितरणमा पूर्ण रोक लगाएको छ । सोहि कारणले पनि बाबाजीहरुको पशुपति आकर्षण कम भएको हुन सक्ने स्थानीयले अड्कल छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया