जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन खारेज गर्ने निर्णय उल्टिएको छ । अब उनको उम्मेदवारी कायम रहेकाले निर्वाचन प्रक्रियामा सहभागी हुने बाटो खुलेको छ ।
यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध दायर उजुरीमाथि पुनरावलोकनपछि उक्त निर्णय सच्याइएको जनाइएको छ । सम्बन्धित निकायले कानुनी आधार परीक्षण गरेपछि उम्मेदवारी कायम रहने निष्कर्ष निकालेको हो ।
निर्णय उल्टिएसँगै धनुषा–१ को निर्वाचन प्रतिस्पर्धा थप रोचक बनेको छ । उम्मेदवार कमलले “सत्य र न्यायको जित भएको” बताएका छन् । उनले समर्थक, कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताए ।
निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारी सम्बन्धी विवाद समाधान भएपछि क्षेत्रको राजनीतिक गतिविधि थप सक्रिय हुने देखिएको छ ।































प्रतिक्रिया