सर्लाहीमा मतदातालाई पैसा बाँड्ने राष्ट्रिय मुक्ति पार्टीका कार्यकर्ता पक्राउ

सर्लाहीमा मतदातालाई पैसा बाँड्ने राष्ट्रिय मुक्ति पार्टीका कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
39
Shares

सर्लाही । निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा मतदातालाई नगद वितरण गरेको आरोपमा राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका–२ का ६५ वर्षीय पुरुषोत्तम यादवलाई गएराति पक्राउ गरिएको हो। उनलाई मतदातालाई पैसा बाँडिरहेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो। उनको साथबाट २५ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डिएसपी सरोज राईले जानकारी दिए। प्रहरीले मतदाता प्रभावित गर्ने उद्देश्यले गरिएको यो गतिविधिबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

Logo