निर्वाचनलक्षित बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा कडा

निर्वाचनलक्षित बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा कडा

केन्द्रबिन्दु
9
Shares

राँझा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन कडा बनाइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाइएको छ। मुख्य नाका जमुनाह र अन्य सहायक नाकामा आवतजावतमा रोक लगाइयो। नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती र कडाइका साथ जाँच गरिरहेका छन्।

निर्वाचनलाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजे सम्म जमुनाहा नाका पूर्ण रूपमा बन्द गरिएको छ । क्षेत्र नं. १ को नरैनापुर, क्षेत्र नं. २ को डुडुवा, र क्षेत्र नं. ३ को जानकी र खजुरा गाउँपालिकास्थित सीमावर्ती क्षेत्रमा पनि कडाइ गरिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँकेमा तीन लाख ५० हजार ३७१ मतदाता छन्, जसमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।

Logo