भिक्षुको नाममा अपराध गर्नेहरु नेपालमा पनि छन् । कहिले बैंकको लकरमा गोलीगट्ठा लुकाउने त कहिले तस्करी गर्नेहरु राजनीतिक संरक्षणमा बाँचिरहेका छन् । "/>

भिक्षुको आवरणमा नयाँ ‘विन लादेन’को जन्म, जसले मच्याए हिंसा

भिक्षुको आवरणमा नयाँ ‘विन लादेन’को जन्म, जसले मच्याए हिंसा

केन्द्रबिन्दु
0
Shares

भिक्षुको नाममा अपराध गर्नेहरु नेपालमा पनि छन् । कहिले बैंकको लकरमा गोलीगट्ठा लुकाउने त कहिले तस्करी गर्नेहरु राजनीतिक संरक्षणमा बाँचिरहेका छन् । हालै यस्तै एक ‘भिक्षु’को नाङ्गो रुप देखिएको छ । कट्टरपन्थी भिक्षु अशीन पराथुले उत्पात मच्याइरहेको घटना बाहिर आएको हो । यो घटना म्यानमारको हो ।

म्यानमारमा अहिले रोहिंग्या मुसलमानमाथि ज्यादती हुने क्रम बढेको छ । यसैबीच त्यहाँ दश रोहिंग्या मुस्लिमलाई एकसाथ मारिए । उनीहरुको घर पनि जलाइएको । त्यहाँको सरसामान लुटियो । यसका पछाडि सेनाका साथसाथै ति भिक्षुको पनि हात रहेको बुझिएको छ । उनकै इशारामा २०१२ मा रखाइनमा हिंसा भड्किएको थियो । त्यही कारण उनलाई ‘बर्माको बिन लोदन’ भन्न थालिएको छ ।

म्यानमारमै जन्मिएका अशीन विराथु १४ बर्षको उमेरमा बौद्ध भिक्षु बनेका थिए । त्यसपछि २००१ मा राष्ट्रवादी र मुस्लिम विरोधी गुटसँग जोडिएका थिए । त्यसबेला उनको नाम अगाडि आएको थियो ।

विराथुमाथि सधै मुस्लिम विरोधी भएको र उनीहरुको विरुद्धमा भाषाण गर्ने आरोप लागेको छ । रोहिंग्या मुस्लमको विरुद्धमा भएको हिंसामा पनि उनको नाम जोडिने गरेको छ ।

विराथु शोसल मिडियामा सधै एक्टिभ रहन्छन् । उनको ४५ हजार फलोअर्स छन् । एक पटक उनलाई सोधिएको थियो के तपाई बर्माको बिन लादेन हो ? जवाफमा उनले अस्विकार गरेनन् ।

म्यानमारमा करिब १० लाख रोहिंग्य मुस्लिम छन् । तर म्यानमार सरकारले उनीहरुलाई आफ्नो नागरिक मान्दैनन् ।

Logo