काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्र्दभमा समग्र शान्ति सुरक्षा र निर्वाचन तयारीबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा नेपाल सरकारका प्रवक्ता अर्यालले यस पटकको निर्वाचन पहिलेभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने विश्वास व्यक्त गरेका हुन् ।
गृहमन्त्री अर्यालले भने, “सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।” उनले निर्वाचनका क्रममा कुनै अवैध गतिविधि भए कानुनी कारबाही गर्ने र दोषीलाई अदालतमा पेस गरिने स्पष्ट गरे । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा नेपाली सेनाले सुरक्षा सहायता प्रदान गर्ने योजनाबारे समेत जानकारी दिए ।
गृहमन्त्री अर्यालले मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै भने, “निर्वाचनले प्रतिनिधि छान्ने मात्र नभई राजनीतिक सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिनेछ । मतदाताले सुझबुझका साथ मतदान गर्नुहुनेछ ।”





























प्रतिक्रिया