रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवाररी दिएका छन्।

यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन्।

काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारी दिएका छन्।

Skip This
Skip This
Logo