एलेनको कीर्तिमानी शतकमा न्युजिल्याण्ड विश्वकपकाे फाइनलमा, दक्षिण अफ्रिका बाहिरियाे

एलेनको कीर्तिमानी शतकमा न्युजिल्याण्ड विश्वकपकाे फाइनलमा, दक्षिण अफ्रिका बाहिरियाे

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । न्युजिल्याण्डले आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको छ।

इडेन गार्डेनमा भएको खेलमा फिन एलेनको विष्फोटक ब्याटिङको मद्दतले न्युजिल्याण्डले १७० रनको लक्ष्य मात्र १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

न्युजिल्याण्डका ओपनर फिन एलेनले टी-२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरे। उनले मात्र ३३ बलमा अविजित १०० रन बनाए, जसमा १० चौका र ८ छक्का सामेल थिए। यसअघि क्रिस गेलको नाममा रहेको ४७ बलको शतकको कीर्तिमान उनले सहजै तोडे।

अर्का ओपनर टिम सेफर्टले पनि ३३ बलमा ५८ रनको महत्वपूर्ण योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो। सुरुवातमा धरमराएको दक्षिण अफ्रिकी इनिङ्सलाई मार्को जानसेनले ३० बलमा ५५ रनको योगदान दिँदै उकासेका थिए।

न्युजिल्याण्डका लागि कोल म्याकोन्ची र रचिन रविन्द्रले २–२ विकेट लिएका थिए।

अब न्युजिल्याण्डले आइतबार अहमदाबादमा हुने फाइनल खेलमा भारत र इङ्गल्याण्डबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Logo