काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले मतपेटिकामा क्षति पुगेको छ ।
बिहान ७ः१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै गोलीले मतपेटिकामा लागेको हो । प्रत्यक्ष तर्फको मतपेटिकामा लागी क्षति भएको छ। तर त्यति बेलासम्म चार मत मात्रै खसेको र मतपत्रमा कुनै क्षति नभएको हो ।
सर्टगन पड्किएर मतपेटिका क्षति पुगेपछि रोकिएको मतदान मतपेटिका परिवर्तन गरेर पुनः सुरु गरिएको छ ।





























प्रतिक्रिया