काठमाडाैं । सिर्जनाकार नारायण खतिवडाले प्रस्तुत गरेको नयाँ गीत “छहारी”को भिडियो सार्वजनिक भएको छ ।
गीतको प्रारम्भदेखि अन्त्यसम्म बग्ने भावनाले श्रोतालाई मानवीय संवेदनाको संसारमा प्रवेश गराउँछ। विशेषगरी— “सुखमा संगै हासौला, दुःखमा संगै रोऔला, जिन्दगी अब हाम्रै हो, धड्कन साटौला”—जस्ता पंक्तिहरूले जीवनमा सुख–दुःख दुवै क्षणमा एक–अर्काको हात थामेर अघि बढ्नु प्रेमको साँचो स्वरूप हो भन्ने सशक्त सन्देश दिन्छन्।गीतकारले गीतमार्फत एउटा गहिरो मनोभाव उतारेका छन्- कठिन क्षणमा साथ दिने, मन बुझ्ने, भरोसा दिलाउने मान्छे नै जीवनको छहारी बन्न पुग्छ।
यसै भावनालाई उनले— “आँखैमा राखेर, मुटुमै राखेर,
तिमीले दिएको छहारी, अब सजाऊँ कि…”
“समयले भेट गरायो, तिमीलाई आफ्नो बनायो, भेट्नुपर्ने उहिल्यै भेट भयो अहिले, केले छेक्यो यतिन्जेल?” भन्ने पंक्तिले नियतिको खेलसँगै जीवनमा ढिलो भए पनि प्राप्त भएको सच्चा र पवित्र सम्बन्धलाई अत्यन्त भावुक ढङ्गले प्रस्तुत गर्छ।
भिडियोमा फिल्म निर्माता तथा निर्देशक रिमेश अधिकारी र मोडल एवं गायिका मिरा फियाकले भावनात्मक पात्रलाई सजीव रूपमा उतारेका छन्। छायाङ्कन र दृश्य–सम्पादन अर्जुन खड्काको रहेको छ भने निर्देशनको जिम्मा विकाश धमलाले सम्हालेका छन्। सम्पूर्ण अवधारणा तथा कथा–विन्यास गीतकार नारायण खतिवडाकै हुन्, जसले गीत र भिडियो दुवैलाई एकीकृत कलात्मकता प्रदान गरेको छ।





























प्रतिक्रिया