म्याग्दी
लाहुरेहरुको जिल्लाको नामले चिनिने र पछिल्लो समय रेमिट्यान्स धेरै भित्रिने जिल्लाको उपमा पाएको उच्च पहाडी जिल्ला म्याग्दीमा राहदानी लिनेमा अधिकांश २० वर्ष मूनिका रहेका छन् । "/>

म्याग्दीमा राहदानी लिनेहरु २० वर्ष मूनिका धेरै

म्याग्दीमा राहदानी लिनेहरु २० वर्ष मूनिका धेरै

केन्द्रबिन्दु
0
Shares

म्याग्दी
लाहुरेहरुको जिल्लाको नामले चिनिने र पछिल्लो समय रेमिट्यान्स धेरै भित्रिने जिल्लाको उपमा पाएको उच्च पहाडी जिल्ला म्याग्दीमा राहदानी लिनेमा अधिकांश २० वर्ष मूनिका रहेका छन् ।जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार राहदानी बनाउनेहरुमा कलेज पढ्ने उमेर समूहका विद्यार्थी, युवायुवती र युवापुस्ता धेरै रहेको पाइएको छ ।

अधिकांश युवायुवती, कलेज अध्ययन गर्ने विद्यार्थीहरु, युवापुस्ता लगायतले विदेश जान, भाषा सिक्न, अध्ययन गर्नका लागि, रोजगारको खोजीमा र विदेश भ्रमण गर्नलाई राहदानी लिने गरेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए । राहदानी लिनेहरु मध्ये २० वर्ष भन्दा कम उमेरका करिब ७० प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए ।

म्याग्दी जिल्ला भूगोलका हिसाबले भौगोलिक विकटता, दुर्गम क्षेत्र रहेको र झन्झटिलो हुने हुँदा नागरिकता बनाएर हात पर्ना साथ तुरुन्तै राहदानीका लागि फाराम भर्ने गरेको सहायक प्रजिअ आचार्यको भनाई छ । नागरिकताको साथसाथै राहदानी बनाउनेहरु धेरै रहेको उनले बताए । रोजगारीका लागि विदेश जानलाई, अध्ययन गर्न र विभिन्न किसिमका भाषाहरु सिक्नलाई पनि विदेश जाने भन्दै सानै उमेरमा नागरिकतासँगै राहदानी लिने गरिएको छ ।

चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनाको अवधिमा २ हजार ८१ वटा राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । गत साउन महिना देखि पुस मसान्त सम्म द्रुतसेवा तर्फ ६ सय २९ र साधारणतर्फ एक हजार ३ सय ८९ वटा राहदानी सिफारिस गरिएको सहायक प्रजिअ आचार्यले बताए । यसैगरी ९ सय ६८ वटा राहदानीहरु वितरण गरिएको कार्यालयको तथ्याङ्क रहेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo