काभ्रे
काभ्रेको पाँचखाल नगरपालिकाको कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन् । नगरपालिकाको १३ वडाका स्थानीयले तालाबन्दी गरेका हुन् । शुक्रवार प्रकाश ब्लोनको नेतृत्वमा गएका स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नगरपालिकाको बरबोट, सेराबेसी, तिमालबेसी लगायतका क्षेत्रबाट अवैध रुपमा बालुवाको चारी निकासी भइरहँदा पनि प्रशासन मौन बसको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । विगत १ महिना देखि बालुवा चोरी निकासी भइरहेको र यसबारे वडाध्यक्ष र नगरप्रमूखलाई जानकारी गराउँदा पनि बेवास्ता गरेकाले तालाबन्दी गरेको ब्लोनले बताए । स्थानीयले नगरपालिकासँग भूकम्पपीडितका लागि बालुवामा लगाइएको कर खारेज गर्नु पर्ने, विगतमा वडामा भएका बेरुजु फस्र्यौट गर्न पहल गर्नु पर्ने लगायतका माग पनि नगरप्रमुखसँग राखेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया