रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध

रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध

केन्द्रबिन्दु
6
Shares

मस्को । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षपछि पनि देशभित्र युद्धविरुद्ध असन्तुष्टि पूर्ण रूपमा हराएको छैन, तर कडा सरकारी दमनका कारण धेरै आवाजहरू मौन बनेका छन् । आफ्नो नाम परिवर्तन गरेर ‘वरवारा’ राख्न अनुरोध गरेकी मस्कोकी ३२ वर्षीया एक महिलाले अहिले खुलेर विरोध गर्न नसके पनि युद्धप्रति असहमति बोकेर चुपचाप बाँचिरहेको अनुभव सुनाइन् ।

फेब्रुअरी २४, २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ठूलो सैन्य आक्रमण सुरु गर्दा उनले ‘निराशा र क्रोध’ महसुस गरेकी थिइन‍् । त्यसबेला उनी मस्कोको केन्द्रमा आयोजित युद्धविरोधी प्रदर्शनमा सहभागी भएका थिइन् । तर चार वर्षपछि अवस्था पूर्ण रूपमा बदलिएको छ । अहिले उनले आफू केवल ‘बाँच्ने प्रयास’ गरिरहेको र सार्वजनिक रूपमा युद्ध वा क्रेमलिनको आलोचना गर्ने साहस नगर्ने बताइन् ।

उनका अनुसार रूसभित्र अहिले तलबाट उठ्ने कुनै पनि प्रकारको विरोध तुरुन्तै दबाइने वातावरण बनेको छ । “तलबाट आउने कुनै पनि प्रतिरोधलाई दमन गरिनेछ”, उनले मस्कोमा एएफपीसँगको अन्तर्वार्तामा भनिन‍् ।

युद्ध सुरु भएपछि रूसले सोभियत सङ्घको समयपछि नदेखिएको स्तरमा घरेलु दमन कडा बनाएको छ । आक्रमणको विरोधमा बोलेका हजारौँ मानिसलाई जरिवाना वा जेल सजाय दिइएको छ । सार्वजनिक रूपमा क्रेमलिनविरुद्ध प्रदर्शन लगभग बन्द जस्तै भएको छ । प्रमुख विपक्षी नेताहरू जेलमा छन्, निर्वासनमा छन् वा मृत अवस्थामा भेटिएका छन् भने विदेशमा रहेका युद्धविरोधी समूहहरू आन्तरिक मतभेदमा अल्झिएका छन् ।

युद्धको सुरुआतमा वरवारा पनि हजारौँ मानिसझैँ सडकमा उत्रिएका थिए । रूसी दङ्गा प्रहरीले ती प्रदर्शनहरू कडा रूपमा दबाएको थियो । उनले त्यतिबेला आफूलाई के हुन सक्छ भन्ने थाहा नभए पनि प्रदर्शनमा सहभागी भएको बताए । गिरफ्तारी हुन सक्ने डरले उनले घरपरिवारलाई तयारी गराएका थिए ।

“मलाई गिरफ्तार हुन सक्छ भन्ने थाहा थियो, त्यसैले घरमा चाबीको अर्को सेट छोडेकी थिएँ”, उनले स्मरण भनिन्, “म अनुपस्थित हुँदा मेरो बिरालो भोकै नबसोस् भन्ने पनि सोचेकी थिएँ ।”

उनी गिरफ्तारीबाट जोगिन सफल भइन्, तर युद्धविरोधी याचिकामा हस्ताक्षर गरेपछि उनलाई सरकारी संस्थासँग सम्बन्धित जागिरबाट हटाइएको थियो । त्यसपछि उनका धेरै साथीहरू, जसलाई केही समय प्रहरीले हिरासतमा लिएको थियो, देश छोडेर बाहिर गएका थिए ।

तर वरवराले भने रूस छोड्ने निर्णय लिन सकिनन् । उनका अनुसार बसाइँ सर्ने अनिश्चितता र जोखिमभन्दा देशमै बस्ने विकल्प सजिलो लाग्यो । “मलाई तत्काल शारीरिक खतरा महसुस भएको थिएन । कसैले मेरो ढोकामा ढकढक्याएको थिएन, मलाई जेल हालिएको वा यातना दिइएको थिएन”, उनले भनिन् ।

Skip This
Skip This
Logo