दिउँसो ४ बजेसम्म खस्यो ४५ प्रतिशत मत

दिउँसो ४ बजेसम्म खस्यो ४५ प्रतिशत मत

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत हालसम्म देशभर ४५ प्रतिशत मत खसेको छ ।

प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको हो । देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।

प्रदेशतर्फ गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ । यी दुवै प्रदेशमा समान ४८ प्रतिशत मत खसेको छ । उता, मधेस प्रदेशमा भने मतदानको प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेसका ३२ निर्वाचन क्षेत्रमा जम्मा ३७ प्रतिशत मात्र मत खसेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने कोशी प्रदेशमा ४६ प्रतिशत मत खसेको छ । सुदूरपश्चिम प्रदेशमा भने मधेसपछि सबैभन्दा कम ३९ प्रतिशत मात्र मत खसेको छ ।

Logo