काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ६ गते नयाँ सरकार गठन हुने बताएका छन् । अध्यक्ष दाहालले निर्वाचन आयोगले फागुन ५ गते भित्रै निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेकाले पनि ६ गते नयाँ सरकार बन्ने सम्भावना रहेको प्रष्टयाएका हुन् । चितवनको भरतपुर विमानस्थलमा उनले संचारकर्मी माझ शुक्रबार बिहान राष्ट्रपति विद्या भण्डारीसँगको भेटमा पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिएको जानकारी दिए ।
अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको दाबी समेत गरे । उनले पद बाँडफाँटमा कुरा नमिलेका कारण पार्टी एकतामा ढिलाई भएको भन्ने भनाई सत्य नभएको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले एमाले नेताहरूको कार्य व्यस्तताका कारण शुक्रबार बोलाइएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको पनि जानकारी दिए।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया