ललितपुर -३ मा डा. तोसिमा कार्कीको फराकिलो अग्रता

ललितपुर -३ मा डा. तोसिमा कार्कीको फराकिलो अग्रता

केन्द्रबिन्दु
15
Shares

ललितपुर | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो अग्रतालाई बलियो बनाएका छन् ।

आज बिहान ७:३० बजेको ताजा अपडेट अनुसार उनी आफ्ना प्रतिस्पर्धीहरू भन्दा निकै अगाडि देखिएकी हुन् ।

डा. तोसिमा कार्की २,३७९ मतका साथ शीर्ष स्थानमा छिन‍् । उनी र दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवारबीच १,७८९ मतको ठूलो अन्तर रहेको छ। यता नेकपा एमाले ५९० मतका साथ दोस्रो स्थानमा छ भने माओवादी केन्द्र १२३ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ।

Logo