मोरङ-३ अपडेट: सुरुवाती गणनामा ‘माटो’ को अग्रता, डा. सुनिल शर्मा र गणेश कार्की पछाडि

मोरङ-३ अपडेट: सुरुवाती गणनामा ‘माटो’ को अग्रता, डा. सुनिल शर्मा र गणेश कार्की पछाडि

केन्द्रबिन्दु
72
Shares

मोरङ | मोरङ क्षेत्र नम्बर ३ को मतगणनाको प्रारम्भिक नतिजा निकै उत्साहजनक देखिएको छ । ५०० मत गणना हुँदा ‘माटो’ चुनाव चिन्ह भएका उम्मेदवारले अन्य हेभिवेट उम्मेदवारहरूलाई पछि पार्दै अग्रता लिएका छन् ।

सुरुवाती ५०० मतमा २१८ मत प्राप्त गर्दै माटो चिन्हका उम्मेदवारले स्पष्ट अग्रता बनाएका छन‍् । यता नेपाली कांग्रेसका डा. सुनिल शर्मा (११९) र रास्वपाका गणेश कार्की (११६) बीच दोस्रो स्थानका लागि मात्र ३ मतको झिनो अन्तर छ। उनीहरू दुवैजना माटो चिन्हभन्दा झण्डै १०० मतले पछाडि छन् ।

मोरङ ३ मा डा. सुनिल शर्मा र गणेश कार्कीबीचको प्रतिस्पर्धा निकै चर्चामा रहे पनि सुरुवाती नतिजाले मतदाताको झुकाव ‘माटो’ तर्फ बढी देखिएको छ। गणना अझै बाँकी रहेकोले यो नतिजामा फेरबदल हुन सक्ने प्रबल सम्भावना छ।

Logo