काठमाडौं -१ मा रास्वपाकी रञ्जु दर्शना जिततर्फ

काठमाडौं -१ मा रास्वपाकी रञ्जु दर्शना जिततर्फ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना निकै अगाडि देखिएकी छन् ।

शुक्रबार बिहान पौने ८ बजेसम्मको अपडेट अनुसार २० हजार ४८८ मत गणना गर्दा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी हुन् । उनको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन्।

उनीहरूबीच ५ हजार ८४८ मतान्तर छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गरेका छन्।

Logo