भक्तपुर -२ अपडेटः राजीव खत्री महेश बस्नेतभन्दा दोब्बर मतले अगाडि

भक्तपुर -२ अपडेटः राजीव खत्री महेश बस्नेतभन्दा दोब्बर मतले अगाडि

केन्द्रबिन्दु
27
Shares

भक्तपुर | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले कडा प्रतिस्पर्धाका बीच आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन् ।

आज बिहान ८:२० सम्मको प्राप्त नतिजा अनुसार, खत्रीले एमालेका सचिव महेश बस्नेतलाई झण्डै दोब्बर मतले पछाडि पारेका हुन् । रास्वपाका राजीव खत्री ३,०६० मतका साथ अग्रस्थानमा छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतभन्दा १,४८७ मतको अग्रता बनाएका छन् ।

एमालेका सचिव बस्नेत १,५७३ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार कविर राणा ४८४ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

Logo