काठमाडौं-५ अपडेटः सस्मित पोखरेलको ‘एकतर्फी’ अग्रता, प्रदिप र ईश्वर निकै पछाडि

काठमाडौं-५ अपडेटः सस्मित पोखरेलको ‘एकतर्फी’ अग्रता, प्रदिप र ईश्वर निकै पछाडि

केन्द्रबिन्दु
39
Shares

काठमाडौं | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले भारी मतका साथ अग्रता लिएका छन् ।

यस क्षेत्रका प्रभावशाली र ‘हेभिवेट’ मानिने नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेल र नेकपा एमालेका ईश्वर पोखरेल दुवै जना सुरुवाती चरणमै निकै पछाडि परेका हुन् ।

सस्मित पोखरेल ५,९८५ मतका साथ शीर्ष स्थानमा छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रदिप पौडेलभन्दा ४,१४५ मतको विशाल अग्रता बनाएका छन् । अघिल्लो निर्वाचनका विजेता प्रदिप पौडेल (१,८४०) र एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल (१,०६०) दुवै जना यसपटक मतदाताको रोजाइमा निकै पछाडि परेको देखिन्छ।

Logo