बारा १ः रास्वपाका गणेश धिमालको अग्रता, कांग्रेसका शम्भु दोस्रो

बारा १ः रास्वपाका गणेश धिमालको अग्रता, कांग्रेसका शम्भु दोस्रो

केन्द्रबिन्दु
12
Shares

बारा । बारा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा रास्वपाका उम्मेदवार गणेश धिमालले अग्रता कायमै राखेका छन् । बारा क्षेत्र नम्बर १ को हाल सम्मको मत गणना विवरण आदर्श कोतवाल गाउपालिकाको वडा नम्बर १, २, ७, ८ को मतपरिणाम कुल खसेको मत ४ हजार ५ सय ६१ मतगणना गरिएको थिए जस्मध्ये २ सय ८७ मत बदर भएकाे छ।

 पछिल्लो मतगणना अनुसार रास्वपाका धिमालले २ हजार ४ सय ४१ मत ल्याउँदा नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले ७ सय ९२ र नेकपा एमालेका अच्युत प्रसाद मैनालीले ७ सय ५४ मतसहित पछ्याइरहेका छन । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सन्तोष दंगाल ८८ मत सहित चौथो स्थानमा छन्।  

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ मा रहेका १ लाख २३ हजार ९८५ मतदातामध्ये ८१ हजार ९४६ मत खसेको छ, जुन कुल मतदाताको करिब ६६.०९ प्रतिशत हो। क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन।

Logo