कालिकोटमा नेकपाको अग्रता, घन्टी र सूर्यबीच दोस्रो स्थानका लागि होड

कालिकोटमा नेकपाको अग्रता, घन्टी र सूर्यबीच दोस्रो स्थानका लागि होड

केन्द्रबिन्दु
30
Shares

कालिकोट | कर्णाली प्रदेशको कालिकोट जिल्लामा प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना रोचक मोडमा पुगेको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवारले फराकिलो मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।

नेकपाका उम्मेदवार ३,७६२ मतका साथ शीर्ष स्थानमा छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ९५३ मतको अग्रता बनाए । रास्वपा (२,८०९) र नेकपा एमाले (२,५६६) बीच कडा प्रतिस्पर्धा देखिएको छ। उनीहरूबीचको मतान्तर मात्र २४३ रहेको छ।

नेपाली कांग्रेस १,४६२ मतका साथ चौथो र राप्रपा ५१२ मतका साथ पाँचौ स्थानमा रहेका छन्।

Logo