दाङ | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै ठूलो मतान्तरले पछाडि पारेका छन् ।
८,२६१ मत गणना भइसक्दा पाठकले कुल मतको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका हुन् ।
देवराज पाठक ५,००९ मतका साथ शीर्ष स्थानमा छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीभन्दा ३,६८३ मतको विशाल अग्रता बनाएका छन् ।
निवर्तमान सांसद मेटमणी चौधरी र एमालेका रेवतीरमण शर्मा दुवै जना सुरुवाती रुझानमा निकै पछाडि देखिएका छन् ।





























प्रतिक्रिया