काठमाडाैं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न मतदानको प्रारम्भिक गणना अनुसार म्याग्दी-१ मा स्वतन्त्र उम्मेदवार महाबिर पुन र प्रमुख दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो प्राप्त विवरण अनुसार, नेपाल कम्युनिष्ट पार्टीका साझा उम्मेदवार अर्जुन बहादुर थापा ३४९ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार महाबिर पुनले २१७ मतका साथ पछ्याइरहेका छन्।
त्यसैगरी, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ १६५ मतका साथ तेस्रो स्थानमा छन् भने अन्य उम्मेदवारहरूको पक्षमा १०३ मत खसेको छ।































प्रतिक्रिया