गोरखा –२ मा घण्टीको रापले अन्य दल ओझेलमा, मिलन चक्रेकाे ७९ मत

गोरखा –२ मा घण्टीको रापले अन्य दल ओझेलमा, मिलन चक्रेकाे ७९ मत

केन्द्रबिन्दु
78
Shares

गोरखा । गोरखाको क्षेत्र नम्बर २ मा जारी मतगणनाको दोस्रो अपडेट सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटीले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ७९१ मत पाउँदा नेकपाका लेखनाथ न्यौपानेले २२१ मत पाए । रास्वपाका बुर्लाकोटीले प्राप्त गरेकाे मत, उनका निकटतम प्रतिस्पर्धी न्यौपानेको भन्दा ५७० मतले बढी हो।

साथै नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १३७ मत पाए। नेकपा एमालेका मिलन चक्रेले ७९ मत पाएका छन् ।

गोरखा–२ सधैँ चर्चाको केन्द्रमा रहने क्षेत्र हो, र यसपटकको प्रारम्भिक नतिजाले यहाँका मतदाताले परिवर्तनको पक्षमा मत जाहेर गरेको सङ्केत गर्दछ। अहिले मतगणना कार्य सुस्त गतिमा अघि बढिरहेको छ।

Logo