गुल्मी -१ मा सागर ढकालको ‘घण्टी’ले हल्लायो पुराना किल्ला, प्रदीप र चन्द्र धेरै पछि

गुल्मी -१ मा सागर ढकालको ‘घण्टी’ले हल्लायो पुराना किल्ला, प्रदीप र चन्द्र धेरै पछि

केन्द्रबिन्दु
39
Shares

तम्घास । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन् ।

चर्चित युवा उम्मेदवार ढकालले एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका नेता चन्द्र भण्डारीलाई दोब्बरभन्दा बढी मतान्तरले पछाडि पारेका हुन् । ढकालले २,२७४ मत पाए भने ज्ञवालीले ९१७ मत तथा भण्डारीले ९१२ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा डडेलधुराबाट चर्चामा आएका सागर ढकालले यसपटक गुल्मी-१ मा आफ्नो बलियो उपस्थिति देखाएका छन् । उनले प्राप्त गरेकाे २,२७४ मत, निकटतम प्रतिस्पर्धी प्रदीप ज्ञवालीको भन्दा १,३५७ मतले बढी हो।

Logo