काठमाडौँ । क्रिकेटमा नेपाल र ओमानबीच बिगत १० बर्षदेखि संघर्ष गर्दै आएको छ। पहिलो पटक सन् २००७ मा नेपाल र ओमानबीच एसीसी ट्रफिमा प्रतिष्पर्धा भएको थियो । त्यसबेला नेपालले ओमानलाई २ रनले हराएको थियो ।
त्यस्तै ओमानले २००९ को एसीसी ट्रफिमा बदला लिएका थियो । सो बेला नेपाल ओमानसँग १२ रनले हारेको थियो । २०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसँग २ रनले हारेको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समूह चरणमा ओमानलाई हराएको थियो ।
दुई देशबीच आलोपालो पछार्ने क्रम चलिरहदा आज फेरि नेपाल र ओमान भिड्दै छन् । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपाल र ओमान भिड्न लागेका हुन् ।
ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो भने नेपालले नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ।
नेपाल, नामिविया, केन्या, ओमान, युएई र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनोट खेल्न पाउने छन् ।





























प्रतिक्रिया