समानुपातिकतर्फ पनि रास्वपा नै अघि, अन्य दलको छ अवस्था ?

समानुपातिकतर्फ पनि रास्वपा नै अघि, अन्य दलको छ अवस्था ?

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ एकलौटी रुपमा देशभर अग्रता कायम राखेको रास्वपा समानुपातिकतर्फ पनि बढेको छ ।

समानुपातिकतर्फ अहिलेसम्म १९ हजार ७२८ मत गणना सकिँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ । यसैगरी कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा एमाले १ हजार १५२ मतसहित चौथो स्थानमा छ।

श्रम संस्कृति पार्टीले ४४१, नेपाली कम्युनिस्ट पार्टीले ३९२, राष्ट्रिय परिवर्तन पार्टीले २७३, नेपाल जनता संरक्षण पार्टीले ७८, नेपाल मजदुर किसान पार्टीले ७३ मत पाएको छ।

Logo