काठमाडौं
नेपाली कांग्रेसले प्रदेश संसदीय दलको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बस्ने बैठकले प्रदेश संसदीय दलको विधान टुंगो लगाउनेछ । विधान नहुँदा कांगे्रसले प्रदेश संसदीय दलको नेता छान्न सकेको छैन ।
नयाँ संविधान अनुसार प्रदेशसभा निर्वाचन भएपछि कांग्रेसले केन्द्रीय सदस्य मीनेन्द्र रिजालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । समितिले प्रदेश विधान मस्यौदा तयार गरेसँगै त्यस माथि छलफलका लागि बैठक बोलाइएको हो । पार्टी संसदीय दलका विगतका विधानलाई नै आधार बनाएर तयार गरिएको मस्यौदालाई केन्द्रीय समितिको बैठकले संशोधन सहित पारित गर्नेछ । अनि कांग्रेसले प्रदेशमा संसदीय दल गठन प्रक्रिया सुरु गर्नेछ ।
विधान मस्यौदा समिति संयोजक रिजालले विगतका विधानलाई आधार बनाएर प्रदेश संसदीय दलको विधान मस्यौदा तयार गरेको जानकारी दिए । ‘मस्यौदा तयार भएको छ,’ रिजालले भने, ‘शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा पेस हुन्छ । सुझाव सहित बैठकले त्यसलाई पारित गर्नेछ।’
नागरिकबाट





























प्रतिक्रिया