काठमाडौं
आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनु पर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । "/>

आगामी आर्थिकवर्षको बजेटलाई तीन खर्ब अपुग

आगामी आर्थिकवर्षको बजेटलाई तीन खर्ब अपुग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनु पर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत चालू आर्थिक वर्षको बजेट भन्दा पनि कम हो । चालू आवमा १२ खर्ब ७८ अर्ब स्रोत जुट्ने भन्दै सोही आकारको बजेट सार्वजनिक गरिएको थियो । प्रारम्भिक रूपमा स्रोतको समीक्षा गर्दा आगामी बजेट अनुरूप कम नै हुने देखिएको अर्थसचिव शंकर प्रसाद अधिकारीले बताए । प्रदेशको विभाग कोषमा जाने राजस्वको हिस्सा बाहेक करिब सवा १२ अर्ब जति स्रोत जुट्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए ।

‘बजेटको स्रोतमा निश्चय पनि दबाब छ । यद्यपि, संघीय संरचनामा कुन–कुन निकाय रहने, कसरी रहने र कति कामहरू तल्ला तहमा जाने भन्ने कुराको यकिन भएपछि मात्रै संघीय बजेट कत्रो हुने टुंगो लाग्छ,’ उनले भने । केन्द्रमा कति निकाय रहने र कति तल जाने भन्ने विषयको टुंगो नलागेका कारण स्रोत समितिले मन्त्रालयहरूलाई बजेटको सीमा समेत दिन नसकेको उनले बताए । संघीय र तल्ला तहका कार्यालय र काममा दोहोरोपन आयो भने बजेटले धान्न नसक्ने भन्दै उनले पहिला त्यो विषय मिलाउनु पर्ने बताए ।
नयाँपत्रिकाबाट

Logo