मोरङ -३ अपडेटः कांग्रेसका सुनिल शर्मा तेस्राे

मोरङ -३ अपडेटः कांग्रेसका सुनिल शर्मा तेस्राे

केन्द्रबिन्दु
78
Shares

विराटनगर । काठमाडाैं । मोरङ क्षेत्र नम्बर ३ को पछिल्लो मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रतालाई थप मजबुत बनाएको छ । प्राप्त पछिल्लो विवरण अनुसार ‘घण्टी’ चुनाव चिन्ह भएका उम्मेदवार (गणेश कार्की) ले ३,८६४ मतका साथ अग्रता लिइरहेका छन् ।

दोस्रो स्थानका लागि भने कडा प्रतिस्पर्धा देखिएको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार ३,२५५ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मा ३,१६१ मतका साथ तेस्रो स्थानमा छन् । यस्तै, नेकपा (एमाले)ले भने ९२५ मत मात्र प्राप्त गरेका छन् ।

Logo