चितवन –२ मा रवि लामिछानेको सुनामीः ३० हजार मत कटाउँदा प्रतिस्पर्धीहरुकाे कति ?

चितवन –२ मा रवि लामिछानेको सुनामीः ३० हजार मत कटाउँदा प्रतिस्पर्धीहरुकाे कति ?

केन्द्रबिन्दु
42
Shares

भरतपुर । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अत्यधिक बहुमतका साथ आफ्नो अग्रतालाई ऐतिहासिक उचाइमा पुर्‍याएका छन् । पछिल्लो प्राप्त ५१,८२३ मतको गणना सकिँदासम्म लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै ठूलो मतान्तरले पछाडि पारेका हुन् ।

लामिछानेले हालसम्म ३०,८६५ मत प्राप्त गरेका छन् । यो संख्या दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवारको तुलनामा झण्डै चार गुणा बढी हो।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस (रुख) का उम्मेदवारले ८,४४४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार (सूर्य) ५,२५७ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् । त्यस्तै, हाम्रो नेपाली पार्टी (तारा) का उम्मेदवारले ३,२५५ मत प्राप्त गरेकाे विवरण प्राप्त भएको छ।

Logo