दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

केन्द्रबिन्दु
27
Shares

देउखुरी (दाङ) । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर –१ मा २४ हजार ३०६ मतगणना हुँदा रास्वपाका उम्मेदवार देवराज पाठकले १४ हजार ३९० मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार रेवतीरमण शर्मा घिमिरेले एक हजार ६४७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरी चार हजार ५४३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मेटमणी चौधरीले एक हजार ४२४ मत प्राप्त गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४० हजार एक मतदाता रहेकामा ८० हजार ९२० मत खसेको थियो ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यको अग्रता कायमै छ । २२ हजार ४२० मत गणना हुँदा आचार्यले १० हजार १०७ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका छन् । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेलले चार हजार ७५५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे तीन हजार ३७० मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले दुई हजार ८४८ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन् । उक्त क्षेत्रमा एक लाख ४० हजार ९६५ मतदाता रहेकोमा ८२ हजार ६२६ मत खसेको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवारको अग्रता रहेको छ । कूल २२ हजार ४२० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले १० हजार १०७ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेले चार हजार ७५५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले तीन हजार ३७० मत प्राप्त तेस्रो स्थानमा रहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले दुई हजार ८४८ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा कूल एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८८ हजार २७३ मत खसेको थियो ।

Skip This
Skip This
Logo