दैलेखमा कांग्रेसका थापाको अग्रता

दैलेखमा कांग्रेसका थापाको अग्रता

केन्द्रबिन्दु
18
Shares

दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा दैलेख–१ मा १० बजेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले नौ हजार ५० मत प्राप्त गरी अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका उम्मेदवार नेकपा (एमाले)का रबिन्द्रराज शर्माले आठ हजार ३९३ मत प्राप्त गरी थापालाई पछ्याउँदै छन् । त्यस्तै राष्ट्रय स्वतन्त्र पार्टीका नन्दकिस्वर बस्नेतले ६ हजार ९७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सो निर्वाचन क्षेत्रमा कुल ७९ हजार ७०१ मतदाता भएकामा मत ६४ प्रतिशत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा ११ जना प्रत्यासी छन् ।

Logo