झापा । झापा निर्वाचन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रतालाई निकै मजबुत बनाएको छ। पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछाडि पारेका छन्।
ताजा विवरण अनुसार रास्वपाका उम्मेदवारले १३,८४९ मत प्राप्त गर्दै अग्रस्थान सुरक्षित गरेका छन्। उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने ६,३०० मत मात्र प्राप्त गर्न सकेका छन्।
अहिलेको अवस्थामा रास्वपा र राप्रपाबीचको मतान्तर ७,५४९ पुगेको छ।































प्रतिक्रिया