जुम्ला । जुम्ला जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । पछिल्लो प्राप्त १६,१४१ मत गणनाको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले निकै फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।
हलो चुनाव चिन्ह भएका राप्रपाका उम्मेदवारले हालसम्म ७,५६३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका तारा चुनाव चिन्हका उम्मेदवारले ३,८४५ मत ल्याएका छन् । यी दुई बीचको मतान्तर ३,७१८ रहेको छ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार (रुख) २,४१३ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एमाले) का उम्मेदवार (सूर्य) १,३१४ मतमा सिमित देखिएका छन् ।





























प्रतिक्रिया