मोरङ -३ मा घण्टीको अग्रता, दोस्रो स्थानमा माटो र कांग्रेस भिड्दै

मोरङ -३ मा घण्टीको अग्रता, दोस्रो स्थानमा माटो र कांग्रेस भिड्दै

केन्द्रबिन्दु
48
Shares

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन्।

राति १:५५ बजेसम्मको गणना अनुसार, कार्कीले ७,३५३ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका हुन्। उनलाई पछ्याइरहेका अन्य मुख्य प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बन्दै गएको छ।

दोस्रो स्थानका लागि भने कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो विवरण अनुसार अमिर मगर (माटो) ५,६५० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा (रुख) ५,२८० मतसहित तेस्रो स्थानमा रहेका छन्।

Logo