मोरङ-३ मा गणेश कार्कीको फराकिलो अग्रता

मोरङ-३ मा गणेश कार्कीको फराकिलो अग्रता

केन्द्रबिन्दु
99
Shares

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाड्दै बलियो अग्रता बनाएका छन् ।

बिहान ३:०० बजेसम्मको आधिकारिक अपडेट अनुसार, घण्टी चिह्न भएका गणेश कार्कीले ९,१०२ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् । उनले निकटतम प्रतिस्पर्धीभन्दा २,६०० भन्दा बढी मतको अन्तर बनाएका छन‍् ।

दोस्रो स्थानका लागि नेपाली कांग्रेस र माटोबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। माटो चिह्नका उम्मेदवार अमिर मगरले ६,४७० मतका साथ कार्कीलाई पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा (रुख चिह्न) ६,२६८ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् ।

Logo