लहान । मधेस प्रदेशको सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ताले आफ्नो अग्रतालाई निकै मजबुत बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार, घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका गुप्ताले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पारेका छन्।
बब्लुले २,६६४ मत पाउँदा नेकपाका रामचन्द्र यादले ७४० मत तथा एमालेका रामशंकर यादवले ५२६ मत पाएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिएका गुप्ताले सुरुवाती चरणदेखि नै अग्रता कायम राखेका हुन्।





























प्रतिक्रिया