झापा -५ को पछिल्लो अपडेट के छ ?

झापा -५ को पछिल्लो अपडेट के छ ?

केन्द्रबिन्दु
87
Shares

झापा । झापा निर्वाचन क्षेत्र नं. ५ को मतगणना जारी रहँदा रोचक मोड देखिएको छ। पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले भारी मतान्तरसहित आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् ।

हालसम्मको गणनामा बालेनले २८,१५२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ७,३९३ मत मात्र प्राप्त गरेका छन् । बालेन र ओलीबीचको मतान्तर २०,७५९ पुगेको छ।

एमालेको ‘गढ’ मानिने झापा-५ मा रास्वपाका शाहको यो अग्रतालाई राजनीतिक वृत्तमा ठूलो ‘उलटफेर’ का रूपमा हेरिएको छ । मतगणना अझै जारी छ ।

Logo