बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे। यसैगरी नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २१५ मत ल्याउँदै तेस्रो स्थानमा रहे।
मतपरिणामसँगै बाँके–३ मा रास्वपाले प्रतिनिधिसभामा अर्को सिट सुरक्षित गरेको छ। सुनार जेन जी आन्दोलन पछि मन्त्री बन्ने चर्चामा रहेका थिए। तर मुद्दाको कारण पाएका थिएनन्।





























प्रतिक्रिया