हुम्लामा नेकपा उम्मेदवार रोकायाको अग्रता कायमै

हुम्लामा नेकपा उम्मेदवार रोकायाको अग्रता कायमै

केन्द्रबिन्दु
33
Shares

सिमकोट। हिमाली जिल्ला हुम्लामा शुक्रबार राति ढिला गरी मतगणना सुरु भएको थियो । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगण सुरुआतीदेखि नै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले आफ्नो अग्रतालाई कायम राखेका छन्।

ताँजकोट र अदानचुली दुई गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपाका रोकायाले दुई हजार ३७७, नेपाली कांग्रेसका जयपति रोकायाले एक हजार १६१ र एमालेका दल फडेराले एक हजार ८४६ मत प्राप्त गरेका छन्। हालसम्म पाँच हजार ६३१ मत गण्ना भइसकेको छ भने जिल्लामा २२ हजार ४६७ मत खसेको थियो । अहिले चङ्खेली गाउँपालिकाको मतगणना जारी रहेको छ ।

Logo