चितवन ।

भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारी नजिकै सडक मर्मत गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु भएको छ । "/>

रोलरले च्यापेर मृत्यु

रोलरले च्यापेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारी नजिकै सडक मर्मत गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार को १ क ४७८ नं. को रोलरले आज बिहान काम गर्ने क्रममा डुम्रे घर भएका तेस्रोलिङ्गी कृष्ण गुरुङलाई च्यापेको हो । 

रोलरले च्यापेपछि घाइते गुरुङलाई भरतपुर अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । रासस

Logo