नुवाकोट–२ मा रास्वपाका अचुतम लामिछाने विजयी

नुवाकोट–२ मा रास्वपाका अचुतम लामिछाने विजयी

केन्द्रबिन्दु
9
Shares

त्रिशूली। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्रप्रकाश घलेले २ हजार ७५० मत ल्याएका छन्।

यस क्षेत्रमा १२ जना उम्मेदवार चुनावी मैदानमा थिए। अन्य उम्मेदवारमध्ये राप्रपाका झनक प्याकुरेले ७७५, मंगोल नेशनल अर्गनाइजेसनका रेञ्छेन तामाङले ४२६, श्रम संस्कृति पार्टीका बिनोदकुमार तामाङले ३९६ मत प्राप्त गरे। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नवराज ढुंगानाले ९०, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का किरण तिम्सेनाले ५२, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत प्राप्त गरे।

नुवाकोट–२ मा १ लाख २३ हजार ९३९ मतदाता रहेका थिए। तीमध्ये ७० हजार ४५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo