काठमाडौं ।

पार्टी एकता अन्तिम टुंगोमा पुग्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमल्सिना ‘ब्ल्याक लिस्ट’ मा परेका छन् । "/>

ठूला नेताका पिए किन परे ‘ब्ल्याक लिस्ट’मा ?

ठूला नेताका पिए किन परे ‘ब्ल्याक लिस्ट’मा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पार्टी एकता अन्तिम टुंगोमा पुग्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमल्सिना ‘ब्ल्याक लिस्ट’ मा परेका छन् । अनौपचारिक स्रोतका अनुसार दाहालले तिमल्सिनालाई ‘काममा नआउनू’ भन्दै सँगै लैजान छाडेका छन् । तर तिमल्सिनाले भने आफू अस्वस्थ्य भएकाले काममा नरहेको भन्दै सचिवालयमै रहेको जिकिर गर्दै आएका छन् ।

माओवादी निकट पत्रकारहरुको फेसबुक ग्रुप म्यासेजमा केपी शर्मा ओलीका तीन अवतार भन्दै तिमल्सिनाले ओलीको चरित्र चित्रण गरेका थिए । उनले २०४६ देखि ०७२ सम्म दिल्लीभक्त, महाकाली सन्धीका योजनाकार, ०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता र ०७४ देखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने योजनाकार भन्ने लेखेका थिए ।

दाहालकै सचिवालयका सदस्यले ओलीप्रति आक्षेप लगाएपछि उनी शंकाको घेरामा थिए । एमाले अध्यक्ष ओलीले ‘तिमल्सिना सचिवालयमा भए/नभएको’ जिज्ञासा दाहालसमक्ष राखेका थिए । दाहालले ‘उनले प्रेस हेर्छन्’ जवाफ दिएपछि तिमल्सिनालाई सोधपुछ गर्न भेनको स्रोतको दाबी छ ।

तिमल्सिना तिनै व्यक्ति हुन्, जसले दाहाल प्रधानमन्त्री भएकाबेला भएको भारत भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दाहालको फोटो फेसबुकमा राखेर विवादित भएका थिए ।

अहिलेमात्रै होइन, शीर्ष नेता, मन्त्री, राज्यमन्त्री र प्रधानमन्त्रीका स्वकीय सचिव (पीए) हरु बारबार बदनाम हु“दै गएका छन् । पदीय आचरण नहुने र ‘सेटिङ’ मिलाउनै व्यस्त भएपछि धेरै पीएहरु निकालिएका छन् ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल निकालिएको घटना त चर्चित नै बन्यो । बालुवाटारमै बसेर एकपछि अर्कोसँग लेनदेन धन्दा चलाएपछि ढकाल निकालिएका थिए । उनले कोइरालाको सेड्युल व्यवस्थापनभन्दा कमाउ धन्दा चलाएपछि निकालिएको बताइएको थियो । तर, उनले कोइराला परिवारकी मृदुला कोइरालाले आफ्नो ‘स्पेस’ बनाउन आफूलाई बलीको बोको बनाएको बताएका थिए ।

तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालका दुई जना सिनियर पीए निकालिए । निर्मल भट्टराईले एमालेका सूचना माओवादीलाई पु¥याएको जानकारी आएपछि उनलाई निकालिएको थियो । भट्टराई माओवादी, नयाँ शक्ति हुँदै पुनः एमालेमा आएका छन् ।

खनालका अर्का पीए रामबाबु अधिकारीले व्यवसायीमात्र होइन चिनियाँ दूतावासमार्फत सेटिङ मिलाएको सूचनापछि निकालिएको थियो । उनले गृहजिल्ला लमजुङका ‘लो प्रोफाइल’का सचिव टेकबहादुर घर्तीलाई कृषि मन्त्री बनाएर आर्थिक लेनदेन गरेको आरोप लागेको थियो ।

बाबुराम भट्टराई सरकार वन राज्यमन्त्री लक्ष्मण यादवका पीए नागेन्द्र यादवलाई त अनामनगरमा प्रहरीले रंगेहात पक्राउ गरेको थियो । ठूला नेताका पीएहरु बदनाम हुँदै गएपछि निकालिएका धेरै उदाहरण छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पूर्व पीएहरु चूणामणि खड्का, एमाले अध्यक्ष केपी शर्मा ओलीका पीए रमेश आचार्य, एमाले उपाध्यक्ष वामदेव गौतमका पीए विजयविराज विष्टको छवि पनि राम्रो छैन । उनीहरु कुनै पनि अहिले भूमिकामा छैनन् ।

 

Logo